एजेन्सी । इटालियन सिरी ‘ए’मा युभेन्टसले लाजियोलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले लाजियोलाई उसैको मैदानमा २-० गोलले हराएको हो ।
पाहुना टोली युभेन्टसको जितमा दुवै गोल लियोनार्दो बोनुचीले गरे । उनले दुवै गोल पेनाल्टीमा गरेका हुन् । पहिलो हाफको खेलको २३औं मिनेटमा बोनुचीले गोल गर्दै पहिलो हाफभरि युभेन्टसलाई १-० गोलको अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा युभेन्टसले पुनः पेनाल्टीको अवसर पाएको थियो । जसमा बोनुकीले गोल गर्दै युभेन्टसलाई जित दिलाए ।
उक्त जितसँगै १३ खेलमा २१ अङ्क जोडेको युभेन्टस सातौँ स्थानमा उक्लिएको छ । समान अङ्क भएको लाजियो पाँचौँ स्थानमा छ ।


