एजेन्सी । स्पेनिस ला लिगा फुटबमा साविक विजेता एथ्लेटिको मड्रिडले सङ्घर्षपूर्ण जित निकालेको छ । शनिबार राति घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोली एथ्लेटिकोले ओसासुनामाथि १-० गोलको जित निकालेको हो ।
घरेलु टोलीको एथ्लेटिकोको जितमा फेलिपेले निर्णायक गोल गरे । खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहेको अवस्थामा फेलिपेले गोल गर्दै एथ्लेटिकोलाई तीन अङ्क दिलाए ।
उक्त जितसँगै चौथो स्थानको एथ्लेटिकोले १३ खेलमा २६ अङ्क जोडेको छ । नवौँ स्थानको ओसासुनासँग १९ अङ्क छ ।


