शनिबार, भाद्र २७ गते २०८३
images

च्याम्पियन्स लिग : आज पनि आठ खेल हुँदै, लिभरपुल, इन्टर , रियल तथा सिटी र पिएसजी भिड्दै

एक्सप्रेस पाना
मंसिर ८, २०७८ बुधबार
  • 391
    SHARES
  • च्याम्पियन्स लिग : आज पनि आठ खेल हुँदै, लिभरपुल, इन्टर , रियल तथा सिटी र पिएसजी भिड्दै

    एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा आज समूह चरणका आठ खेलहरू हुँदै छन् । समूह चरणको पाँचौं खेल अन्तर्गत कुल १६ टोली प्रतिस्पर्धामा रहेका छन् । आज साविक उपविजेता म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बीचको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ 

    images

    त्यसबाहेक स्पेनिस ला लिगा फुटबल क्लब एथ्लेटिको मड्रिड, रियल मड्रिड, इटालियन फुटबल क्लब एसी मिलान तथा इन्टर मिलाको खेल पनि आजै हुनेछ । यस्तै, इंग्लिस प्रिमियर लिग फुटबल क्लब लिभरपुल , पोर्चुगिज क्लल पोर्टाे जस्ता टोलीले आज प्रतिस्पर्धामा छन् । आज पनि २ खेल राति ११:३० बजे हुनेछ भने बाँकी ६ खेल राति १:४५ बजे हुनेछ

    आजको खेलमा सबैको नजर म्यान्चेस्टर सिटी र पिएसजीबीचको खेलमा हुनेछ यो खेल नेपाली समयानुसार राति १ः४५ बजे हुनेछ । सिटीको मैदानमा हुने यस खेलमा घरेलु टोली सिटी चौथो जितको खोजीमा हुनेछ । समूह ‘ए’को सिटी अघिल्लो चरणमा प्रवेश गरिसकेको छ । पिएसजी भने सिटीमाथि जित निकाल्दै नकआउट चरणमा प्रवेश गर्ने लक्ष्यमा छ । चार खेल खेलेको सिटीसँग नौ अङ्क छ । पिएसजी भने आठ अङ्कसहित दोस्रो स्थानमा छ । 

    images

    आज हुने अन्य खेलहरू
    बेसिक्टस भर्सेस आयाक्स राति (११:३०) बजे
    इन्टर मिलान भर्सेस शक्तर डोनेस्क राति (११:३०) बजे
    सेरिफ भर्सेस रियल मड्रिड राति (१:४५) बजे
    स्पोर्टिङ सिपी भर्सेस डर्टमुन्ड राति (१:४५) बजे
    एथ्लेटिको भर्सेस मिलान राति (१:४५) बजे
    लिभरपुल भर्सेस पोर्टो राति (१:४५) बजे
    क्लब ब्रग भर्सेस आरबी लेइपजिग राति (१:४५) बजे