एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडका फ्रेन्च फवार्ड करिम बेन्जिमाले आफ्नै साथी म्याथ्यु भल्बोउनलाई ब्ल्याकमेल गरेको पुष्टि भएको छ । उनले सन् २०१५ मा सेक्स टेपमा आफ्नै टिमका खेलाडी माथिउलाई ब्ल्याकमेल गरेको ठहर गरेको छ ।
यो घटनामा बेन्जिमासँगै अरु पाँच जनासँग सोधपुछ भएको थियो । सन् २०१५ मा पेरिस नजिकै माथिउको सेक्सटेप उनको फोनबाट चोरेर सार्वजनिक गरिएको थियो ।
यो विषयको सुरुवातमा बेन्जिमाले आफ्नो साथीलाई सहयोग गर्न खोजेको धारणा राखेका थिए । तर, बुधबार बिहान अदालतले उनी त्यो भिडियो काण्डमा दोषी भएको ठहर गर्दै एक वर्ष प्रतिबन्धका साथै ७५ हजार युरो जरिवाना सुनाएको हो ।


