शनिबार, भाद्र २७ गते २०८३
images

च्याम्पियन्स लिग : सहज जितसँगै रियल मड्रिड र इन्टर मिलान अन्तिम १६ मा 

एक्सप्रेस पाना
मंसिर ९, २०७८ बिहीबार
  • 396
    SHARES
  • च्याम्पियन्स लिग : सहज जितसँगै रियल मड्रिड र इन्टर मिलान अन्तिम १६ मा 

    एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबलको प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिड र इटाली सिरी ए फुटबल क्लब इन्टर मिलन समूह ‘डी’ बाट एक खेल बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेका छन् । 

    images

    बुधबार राति भएको खेलमा पाहुना टोली रियलले घरेलु टोली मोल्दोभाको एफसी सेरिफमाथि ३-० को सहज जित निकाल्यो । रियललाई अन्तिम १६ मा पुर्‍याउन सेरिफविरुद्ध डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जेमाले समान १/१ गोल गरे । 

    समूह ‘डी’ कै अर्काे खेलमा इटालीयन सिरी ए फुटबल क्लब इन्टर मिलानले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २-० ले पराजित गरेकाे छ । इन्टरको जितमा दुबै गोल इडेन जेकोले गरेका थिए ।

    images

    उक्त जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ । १० अंक जोडेको मिलन दोस्रो स्थानमा छ । पराजित सेरिफको ६ अंक रहँदा पुछारको साख्तर डोनेस्कसँग १ अंक रह्यो । 

    यस खेलको समूह विजेता र उपविजेता भने अन्तिम खेलबाटमात्रै निर्णय हुनेछ । पराजित सेरिफ र साख्तर भने समूह चरणबाटै बाहिरिए ।