शनिबार, भाद्र २७ गते २०८३
images

च्याम्पियन्स लिग : लिभरपुल र मिलान विजयी 

एक्सप्रेस पाना
मंसिर ९, २०७८ बिहीबार
  • 271
    SHARES
  • च्याम्पियन्स लिग : लिभरपुल र मिलान विजयी 

    एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा समूह चरणको पाँचौं खेलमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब लिभरपुल र इटालियन सिरी ए फुटबल क्लब एसी मिलान विजयी भएका छन् । 

    images

    बुधवार राति भएको खेल लिभरपुलले पोर्चुगिज क्लब पोर्टाेलाई २-० गोल अन्तरले पराजित गरेको हो । घरेलु टोली लिभरपुलको जितमा थियागो अलकान्तारा र मोहम्मद सलाहले गोल गरे । 

    त्यस्तै अर्को खेलमा समूह ‘बी’ कै अर्को खेलमा एसी मिलानले एट्लेटिको मड्रिडलाई १-० ले पराजित गर्‍यो । पाहुना टोली मिलानको जितमा जुनियर मेसिएसले निर्णायक गोल गरे । 

    images

    मिलानको जितसँगै समूहमा पोर्टो, मिलान र एथ्लेटिको तिनै क्लबको अर्को चरण सम्भावना कायम रहेको छ । अब, अन्तिम खेलबाट नै समूहको उपविजेता टोलीको टुंगो लाग्नेछ । अन्तिम खेलमा लिभरपुलले एसी मिलानसँग खेल्दा एथ्लेटिकोले पोर्टोसँग खेल्नेछ । 

    जितपछि समूहमा १५ अंकसहित लिभरपुल पहिलो स्थानमा छ । पोर्टो पाँच अंकसहित दोस्रो स्थानमा छ । समान ४ अंक बनाएका मिलान र एथ्लेटिको क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।