मंसिर ९ काठमाडौं । जारी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा तेस्रो खेलमा कुवेतले नेपाललाई ९ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिला ब्याटिङ थालेको कुवेत १५.४ ओभरमा २७ रनमा अल आउट हुँदै नेपाललाई २८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । उक्त २८ रनको सामान्य लक्ष्य पाएको नेपालले ३.३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे । नेपालका लागि इन्दु वर्मा १३ कप्तान रुविना क्षेत्री १२ रनमा अविजित रहे । यता ओपनर सीता राना मगर शून्यमा आउट भएकी थिइन् ।
त्यसअघि कुवेतकी ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाईन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि स्पिनर संगिता राईले २.४ ओभरमा २ मेडन सहित कुनै रन नदिई ३ विकेट लिइन् । स्पिनर करुणा भण्डारीले ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ३ ओभरमा २ मेडन सहित १ रन खर्चेर २ विकेट लिइन् । सरस्वती कुमारीको नाममा १ विकेट रह्यो ।
उक्त जित सँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले ३ खेलबाट ४ अंक बनाएको छ । समान अंक भएको युइएइ दोस्रो स्थानमा रहेको छ । यद्यपी उसले एक खेल कम खेलेको छ ।


