शनिबार, भाद्र २७ गते २०८३
images

चौथो चक्रबहादुर स्मृति फुटबल प्रतियोगितामा जीवन तारा, माउन्ट ग्लोरी र योङ हार्टको विजयी सुरुवात

एक्सप्रेस पाना
मंसिर ९, २०७८ बिहीबार
  • 321
    SHARES
  • चौथो चक्रबहादुर स्मृति फुटबल प्रतियोगितामा जीवन तारा, माउन्ट ग्लोरी र योङ हार्टको विजयी सुरुवात

    मंसिर ९ काठमाडौं । चौथो संस्करणको चक्रबहादुर स्मृति अन्तर स्कुल स्तरीय फुटबल प्रतियोगिता आज बिहिवारबाट सुरु भएको छ ।

    images

    गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा छहारी युवा क्लबको आयोजनामा सुरु भएको अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगितामा जीवन तारा स्कुल , माउन्ट ग्लोरी स्कुल र योङ हार्ट स्कुलले विजयी सुरुवात गरेको छ ।

    आज भएको उद्वाटन खेलमा जीवन ताराले होली एन्जललाई पराजित गर्यो । त्यस्तै दोस्रो खेलमा योङ हार्टले छहारी स्कुललाई हराएको हो, भने माउन्ट ग्लोरीदले इस्ट पोललाई पराजित गरेको हो ।

    images

    कुल २५ टोली सहभागी रहेको यस प्रतियोगिताको आगामी १८ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले नगद २५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ , त्यस्तै दोस्रो हुनेछ १० हजार, तेस्रो हुनेले ५ हजार ट्रफी मेडल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता , उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक र अनुशासित टिमले ट्रफी पाउने आयोजकले जनाएको छ ।