शनिबार, भाद्र २७ गते २०८३
images

पहिलो हाफ : संकटाविरुद्ध फ्रेण्ड्सलाई अग्रता

एक्सप्रेस पाना
मंसिर १०, २०७८ शुक्रबार
  • 529
    SHARES
  • पहिलो हाफ : संकटाविरुद्ध फ्रेण्ड्सलाई अग्रता

    मंसिर १० काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो चरणको खेलमा संकटा फुटबल क्लब र फ्रेण्ड्स क्लबबीचको प्रतिस्पर्धा भइरहेको छ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिएको छ । जसमा फ्रेण्ड्सले १-० गोलको अग्रता बनाएको छ ।

    फ्रेण्ड्सका लागि खेलको ४२औं मिनेटमा कप्तान प्रकाश बुढाथोकी गोल गरि पहिलो हाफभरि १-० गोलको अग्रता दिलाएका हुन् । तुलनात्मक सुरुमा खेलमा संकटाले बढी आक्रमण गरेता पनि गोल भने गर्न सकेन ।

    images

    त्यस्तै आजै भएको पहिलो खेलमा सातदोबाटोले थ्री स्टारलाई १-० गोलले स्तब्ध पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।