शनिबार, भाद्र २७ गते २०८३
images

चौथो चक्रबहादुर स्मृति फुटबल प्रतियोगिता : नेपालय ,सङ्ग्रीला र रिम्स बिजयी

एक्सप्रेस पाना
मंसिर १०, २०७८ शुक्रबार
  • 513
    SHARES
  • चौथो चक्रबहादुर स्मृति फुटबल प्रतियोगिता : नेपालय ,सङ्ग्रीला र रिम्स बिजयी

    मंसिर १० काठमाडौं । चौथो चक्रबहादुर स्मृति फुटबल प्रतियोगिता अन्तर्गत आज तिन खेल सम्पन्न भएको छ । नेपालय खेल मैदानमा आज भएको पहिलो खेलमा नेपालय स्कुलले लित्तिल बडलाई २-० ले हराएको थियो । उसको लागि भुवन भन्डारी र आकाश तामाङले १/१ गोल बिजेताको तर्फबाट गरे । त्यस्तै दोस्रो खेलमा भने साङ्ग्रीलाले ग्रीन तारालाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

    images

    साङ्ग्रीलाको जितमा सोनाम शेर्पाले २ गोल , हरि हर राउट र श्याम सुन्दर यादवले १/१ गोल गरे । त्यसैगरी आज भएको अन्तिम खेलमा रिम्सले बालसुदारलाई ५-० गोलले हराएको छ। खेलमा अभिशेक राइ र अङ्कित मगरले २/२ गोल गरे भने दावा तामाङले १ गोल गरे।

    कुल २५ टोली सहभागी रहेको यस प्रतियोगिताको आगामी १८ गतेसम्म चल्नेछ ।प्रतियोगिताको विजेताले नगद २५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ , त्यस्तै दोस्रो हुनेछ १० हजार, तेस्रो हुनेले ५ हजार ट्रफी मेडल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता , उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक र अनुशासित टिमले ट्रफी पाउने आयोजकले जनाएको छ ।

    images