शनिबार, भाद्र २७ गते २०८३
images

रुमेशको गोलमा च्यासलको पहिलो जित, एपीएफको लगातार दोस्रो हार

एक्सप्रेस पाना
मंसिर ११, २०७८ शनिबार
  • 350
    SHARES
  • रुमेशको गोलमा च्यासलको पहिलो जित, एपीएफको लगातार दोस्रो हार

    मंसिर ११ काठमाडौं । रुमेश बर्तौलाको निर्णायक गोलमा च्यासल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा च्यासलले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई १-० ले पराजित गरेको हो । निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहि बराबरीमा सकिएको थियो । तर खेलको ४९औं मिनेटमा राइट कर्नर साइटबाट कमल श्रेष्ठले मिलाएको पासमा १८ यार्ड बक्स लाइनबाट रुपेश बर्तौलाले गरेको प्रहारले सेकेन्ड बारमा जाली चुमेको थियो । 

    उक्त जितसँगै च्यासलले पहिलो तीन अंक जोड्यो । यता, एपीएफको भने लगातार दोस्रो हारको सामना गर्नु पर्यो । दुबै टोलीले खेलमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

    images