शनिबार, भाद्र २७ गते २०८३
images

नेपालले आज यूएईसँग खेल्दै

एक्सप्रेस पाना
मंसिर १२, २०७८ आइतबार
  • 263
    SHARES
  • नेपालले आज यूएईसँग खेल्दै

    मंसिर १२ काठमाडौं । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

    images

    नेपाल र यूएईबीचको खेल दुबईमा बिहान सवा ११ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा पुग्न नेपालले यूएईलाई जित्नुपर्ने र नेट रनरेटमा समेत भर पर्नुपर्ने अवस्था छ । चार खेल खेल्दा यूएईको आठ अङ्कसहित दुई दशमलव ३९८ को रनरेट छ । नेपालको तीन खेलमा ६ अङ्कसहित दुई दशमलव ०८८ को रनरेट छ।

    प्रतियोगितामा ६ टोली सहभागी छन् । अङ्क तालिकामा शीर्ष हुने टोली ग्लोबल छनोटमा पुग्नेछ । चारमध्ये तीन खेल जितेको हङकङको पनि समान ६ अङ्क नै छ । तर नेट रनरेटमा हङकङभन्दा नेपाल अगाडि छ । ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले आज अन्तिम खेल कुवेतसँग खेल्दैछ ।

    images

    पहिलो खेलमा हङकङसँग पराजित भएपछि नेपाली महिला टोलीलाई यूएईसँगको खेल निर्णायक बनेको हो । अन्तिम खेलमा हङकङले कुवेतलाई ठूलो अन्तरले हराउने र नेपालले यूएईलाई झिनो अन्तरले हराएको खण्डमा हङकङको सम्भावना कायम छ ।