शुक्रबार, भाद्र २६ गते २०८३
images

अण्डाको मूल्यमा हालसम्मकै उच्च दरले वृद्दि

एक्सप्रेस पाना
श्रावण १२, २०७८ मंगलबार
  • 373
    SHARES
  • अण्डाको मूल्यमा हालसम्मकै उच्च दरले वृद्दि

    काठमाडौँ ।अण्डाको मूल्यमा हालसम्मकै उच्च दरले वृद्दि भएको छ ।  कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ ।

    images

    गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको हो । यही साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ । निषेधाज्ञाका समयमा तीन साता ब्रोइलर चल्लाको बिक्री शून्य भएकामा क्रमशः बढ्दै गएर प्रतिवटा रु ७० पुगेको छ ।