शुक्रबार, भाद्र २६ गते २०८३
images

आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना 

एक्सप्रेस पाना
श्रावण १३, २०७८ बुधबार
  • 605
    SHARES
  • आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना 

    काठमाडौँ ।  मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    images

    प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। यस्तै राति प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    बिहीबार प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। शुक्रबार प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    images