शुक्रबार, भाद्र २६ गते २०८३
images

कर्मचारीको भ्रमण बिदा लागू हुँदै , ससुराली नजिक जान नपाइने 

एक्सप्रेस पाना
श्रावण १३, २०७८ बुधबार
  • 335
    SHARES
  • कर्मचारीको भ्रमण बिदा लागू हुँदै , ससुराली नजिक जान नपाइने 

     काठमाडौँ । सरकारी कर्मचारीले पाउने भनिएको १० दिने छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको छ ।

    images

    तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक २०७८ ७९ को बजेट प्रस्तुत गर्दा घोषणा गरेको १० दिने कर्मचारी भ्रमण छुट्टी भदौदेखि कार्यान्वयनमा आउन लागेको हो ।

    भ्रमण छुट्टीका लागि आवश्यक नीति तथा निर्देशिका तयार संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गरिरहेको छ । जुन आगामी भदौदेखि कार्यान्वयनमा आउन लागेको मन्त्रालयले जनाएको छ । तयार गरिएको भ्रमण निर्देशिकामा काज भ्रमणमा जाने कर्मचारीले आफ्नो घर नजिकै पायक पर्ने तथा माइती–ससुराली क्षेत्रमा भने भ्रमण गर्न निषेध गरिएको छ ।

    images

    जारी हुन लागेको नीतिमा तोकिएबमोजिम फिल्डमै गई खर्च गर्न र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनुपर्ने भनिएको छ । १० दिन भ्रमण बिदामा रहँदा कुनै तलब सुविधा काटिने छैन ।