शुक्रबार, भाद्र २६ गते २०८३
images

बढ्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ? 

एक्सप्रेस पाना
श्रावण १३, २०७८ बुधबार
  • 437
    SHARES
  • बढ्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ? 

    काठमाडौँ । बुधवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवारको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ पुगेको हो ।

    images

    महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै प्रतितोला ९१ हजार ६०० रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने बुधवार अधिकतम प्रतितोला १५ रुपैयाँले घट्दै एक हजार २५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।