शुक्रबार, भाद्र २६ गते २०८३
images

मैलुङ खोला जलविद्युत्‌को  आइपिओ खुल्यो

एक्सप्रेस पाना
श्रावण १४, २०७८ बिहीबार
  • 325
    SHARES
  • मैलुङ खोला जलविद्युत्‌को  आइपिओ खुल्यो

    काठमाडौँ । मैलुङ खोला जलविद्युत्‌ कम्पनीले साधारण सेयर आइपिओ निष्काशन गरेको छ। जलविद्युत कम्पनीले आजदेखि ७ लाख ३६ हजार २८६ कित्ता आइपिओ ल्याएको हो। प्रतिकित्ता १ सय रुपैयाँको जम्मा ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको गरेको हो।

    images

    निष्कासन भएको मध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८ सय १४ कित्ता सामूहिक लगानी कोष र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने छन्। आजदेखि आईपीओ निष्कासन छिटोमा साउन १८ गते बन्द हुने छ।

    आर्थिक वर्ष २०७७र७८ मा कम्पनीको प्रति सेयर आम्दानी २८।५४ रुपैयाँ पुग्ने प्रक्षेपण छ। यसको लगानी फिर्ता हुने अवधि ६ वर्ष दुई महिनाको छ। डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि १० वर्ष ६ महिना छ।

    images