शुक्रबार, भाद्र २६ गते २०८३
images

एमसीसी सम्झौता संसदमा पेश गर्न  भीम रावलको  आग्रह  

एक्सप्रेस पाना
श्रावण १५, २०७८ शुक्रबार
  • 438
    SHARES
  • एमसीसी सम्झौता संसदमा पेश गर्न  भीम रावलको  आग्रह  

    काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष भीम रावलले अमेरिकी एमसीसीसँग सम्बन्धित सबै सम्झौता संसदमा  पेश गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद रावलले एमसीसीसँग सम्बन्धित सबै सम्झौताका विषयमा संसदले बुझ्न पाउनुपर्ने माग गरेका हुन्।

    images

    एससीसीबारे सबैले थाहा पाउनु पर्ने उनको भनाइ थियो। यो राष्ट्रका हितमा नभएको उनको जिकिर थियो। रावलले भने, ‘एमसीसीका विषयमा जनप्रतिनिधिले गम्भीर भएर सोच्नुपर्छ। अनुदान हो भने निस्वार्थ अनुदान हुनुपर्छ। सामरिक विषयसँग साटिनु हुँदैन।’ राष्ट्रहित र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनले बताएका छन् ।