शुक्रबार, भाद्र २६ गते २०८३
images

अन्तिम दिन १५ अंकले घट्यो नेप्से, करिब ११ अर्बको कारोबार 

एक्सप्रेस पाना
श्रावण १५, २०७८ शुक्रबार
  • 344
    SHARES
  • अन्तिम दिन १५ अंकले घट्यो नेप्से, करिब ११ अर्बको कारोबार 

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से कारोबारको अन्तिम दिन दोहोरो अंकले घटेको छ ।  बिहीबार नेप्से १५ .१३ अंकले घटेर तीन हजार ७९ दशमलब ८२ विन्दुमा रोकिएको हो । 

    images

    यस दिन कारोबार रकममा पनि गिरावट आई  १० अर्ब ९० करोड ५८ लाखमा खुम्चिएको छ । कारोबार भएका समूहमध्ये दुई समूहबाहेक अन्य सबै समूह घटेका छन् ।  


    कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र बिहीबार नै कारोबार सुरु गरेको कम्पनी जीवन विकास लघुवित्त वित्तीय संस्था रहेका छन् ।
    रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य आज ९ . ९५ प्रतिशतले बढेर प्रतिकित्ता ७२९ पुगेको छ भने जीवन विकास लघुवित्त वित्तीय संस्था शेयरमूल्य ८.२२ प्रतिशतले बढेर प्रतिकित्ता ९८९. १० कायम भएको छ ।  

    images


    यस्तै, सबै भन्दा धेरै सेयर मूल्य घट्नेमा गुडविल फाइनान्स रहेको छ । जसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।  
    कारोबारको आधारमा भने आज सबैभन्दा बढी गुडविल फाइनान्सको भएको छ । गुडविलले ४ लाख २२ हजार ६ सय ३४ कित्ता किनबेचमा करिब ३४ करोडको कारोबार गरेको छ  ।