शुक्रबार, भाद्र २६ गते २०८३
images

तीन सचिवको सरुवा , अर्थको जिम्मेवारीमा मधुकुमार मरासिनी

एक्सप्रेस पाना
श्रावण १७, २०७८ आइतबार
  • 544
    SHARES
  • तीन सचिवको सरुवा , अर्थको जिम्मेवारीमा मधुकुमार मरासिनी

    काठमाडौँ । तत्कालै सरकारले तीन सचिवको सरुवा गरेको छ। अर्थसचिवको जिम्मेवारीमा  मधुकुमार मरासिनीलाई दिएको छ।
    महालेखा नियन्त्रक कार्यालयमा रहेका मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिइएको हो।

    images

    विगत २५ वर्षदेखि अर्थमन्त्रालय अन्तर्गतका कार्यालयमा काम गर्दै आएका मरासिनीले अर्थ मन्त्रालयको बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाकोसमेत नेतृत्व गरिसकेका छन्। सरकार परिवर्तनसँगै अर्थ सचिवको दौडमा प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ड अर्याल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र मरासिनी रहेका थिए।

    अर्थसचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ।साथै स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयमा तानिएको छ। सरकारले राजस्व सचिवमा भने कुनै निर्णय गरेको छैन। राजस्व सचिव रामशरण पुडासैनीले साउन २१ गते उमेरहदका कारण अवकाश पाउँदैछन्।

    images