शुक्रबार, भाद्र २६ गते २०८३
images

जयपृथ्वी मार्गमा पर्ने चैनपुर सडकमा पहिरो , यातायात ठप्प  

एक्सप्रेस पाना
श्रावण १८, २०७८ सोमबार
  • 620
    SHARES
  • जयपृथ्वी मार्गमा पर्ने चैनपुर सडकमा पहिरो , यातायात ठप्प  

    काठमाडौँ । जयपृथ्वी मार्गमा पर्ने चैनपुर सडकमा आइतबार पहिरो गएको छ ।  सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग पर्ने जयपृथ्वीमार्ग अन्तर्गत खोड्पे चैनपुर सडक खण्डमा पहिरो जाँदा यातायात रोकिनुका साथै आवतजावतमा समस्या भएको हो । 

    images

    आइतबार राति खोड्पे नजिकै झ्याउलेक भन्ने स्थानमा सडक भत्किएको हो । सडकमा तलबाट लगाएको मेशिनरी वाल भत्किए पछि आवतजावतमा निकै समस्या देखा परेको छ । करिब १३ मिटर लम्बाइ रहेको स्थानमा तलबाट सडक भत्केर काठमाडौँ बझाङ महेन्द्रनगर धनगढी जाने आउने सवारी साधनहरू अवरुद्ध हुँदा धेरै यात्रु अलपत्र अवस्थामा रहेका छन् ।

    सडक खण्ड भत्किए पछि सबै सवारी साधनहरू त्यतै ठप्प रहेको हुँदा सडक निर्माण हुँदा निकै लाग्न सक्ने स्थानियले बताएका छन् ।  पहिरो हटाउने प्रयास भइरहेको र पूर्ण सञ्चालनमा आउन भने केही दिन लाग्ने स्थानियको भनाई छ ।  अब सडक निर्माण भने ४ , ५ दिन लाग्ने देखिएको छ । सडक निर्माण कार्य भने तिब्र रूपमा रहेको पाइन्छ ।

    images