शुक्रबार, भाद्र २६ गते २०८३
images

होन्डाको नयाँ बाइक सिबी ३५० आरएस नेपाली बजारमा

एक्सप्रेस पाना
श्रावण १९, २०७८ मंगलबार
  • 454
    SHARES
  • होन्डाको नयाँ बाइक सिबी ३५० आरएस नेपाली बजारमा

    काठमाडौँ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको सिबी ३५० आरएस नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालमा होन्डा सिबी मोडलका बाइकहरूले एक विशेष पहिचान बनाएको कम्पनीको जिकिर छ ।  

    images

    नेपालमा होन्डा सिबी मोडलका बाइकहरूले एक विशेष पहिचान बनाएको छ। नयाँ सिबी ३५० आरएसले पनि राम्रो बजार पाउनेमा कम्पनी सकारात्मक छ । 

    आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरूका लागि निर्मित बाइकमा ३५० सिसीको इन्जिन छ । बाइकमा एड्भान्स डिजिटल एनालगमिटर, डुअल च्यानल एबिएस, साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज, रियल टाइम माइलेजलगायतका विशेषताहरू यसका विशेषता हुन् ।

    images

    मोर्डन फिचरहरू रहेको बाइक सिंगल टोनमा प्रिसियस ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र रेडिएन्ट रेड मेटालिक गरी २ कलरमा उपलब्ध छ । नेपाली बजारमा सीबी ३५० आरएसको मूल्य ७ लाख ७५ हजार तोकिएको कम्पनीले जनाएको छ ।