शुक्रबार, भाद्र २६ गते २०८३
images

गणपति लघुवित्तको आर्थिक छलाङ्ग : खुद नाफामा ७६ प्रतिशतले वृद्दि

एक्सप्रेस पाना
श्रावण १९, २०७८ मंगलबार
  • 326
    SHARES
  • गणपति लघुवित्तको आर्थिक छलाङ्ग : खुद नाफामा ७६ प्रतिशतले वृद्दि

    काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाले नाफामा छलाङ्ग मारेको छ ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. २ करोड ३९ लाख ५० हजार खुद नाफा गरेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीको यो नाफा रू। ४ करोड २१ लाख ३१ हजार थियो । मंगलवार सार्वजनिक कम्पनीको अपस्किृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष खुद नाफा ७५ दशमलव ९१ प्रतिशतले बढेको हो ।

    images

    गत वर्ष कम्पनीको सञ्चालन नाफा ६० प्रतिशत बढी रू. ४ करोड ८६ लाख ४८ हजार भएको छ । अघिल्लो वर्ष रू. ६७ लाख ६१ हजार खराब कर्जा उठाएको कम्पनीले गत वर्ष रू. १ करोड ७९ लाख १६ हजार यो कर्जा उठाएको छ । सम्भावित जोखिम शिर्षकमा अघिल्लो वर्षभन्दा २२ दशमलव ८५ प्रतिशत बढी रू. ३ करोड १८ लाख १६ हजार छुट्याएको छ । 

    १५ प्रतिशतले चुक्तापूँजी बढाएर रू। १२ करोड ७३ लाख ५६ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि ७३ दशमलव ३६ प्रतिशत बढेर रू। ५ करोड ६३ लाख ८८ हजार कायम भएको छ । कम्पनीले अघिल्लो वर्षभन्दा १८ प्रतिशत बढी रू. १ अर्ब २ करोड ४८ लाख ८९ हजार कर्जा सापटी लिएको छ भने २१ प्रतिशत बढी रू. १ अर्ब ५४ करोड ५३ लाख ६ हजार कर्जा प्रवाह गरेको छ ।

    images

    अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको निक्षेप संकलन ३८ प्रतिशत बढी रू. ४१ करोड ९७ लाख ४२ हजार निक्षेप संलकन गरेको छ । कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ७७ प्रतिशतदेखि बढेर २ दशमलव ३५ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३३ दशमलव शून्य ८ र प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव २८ रहेको छ ।