शुक्रबार, भाद्र २६ गते २०८३
images

अटोमेटिक पेस्तोलसहित भारतीय नागरिक पक्राउ , को थिए मगाउने जसले तीन लाख तिरे  

एक्सप्रेस पाना
श्रावण १९, २०७८ मंगलबार
  • 555
    SHARES
  • अटोमेटिक पेस्तोलसहित भारतीय नागरिक पक्राउ , को थिए मगाउने जसले तीन लाख तिरे  

    काठमाडौँ । दाङको देउखुरी क्षेत्रबाट प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा छिमेकी देश भारतको जिल्ला सिद्धार्थ नगर नगर पञ्चायत बढनी वडा नं। ३ का २२ वर्षीय करमुल्लाह आमिर र सोही ठाउँको वडा नं ८ का १९ वर्षीय राजा खान रहेका छन् ।

    images

    जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले उनीहरूको साथबाट चाइनिज टाइप ५४ नाइन ९९० एमएमको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने दुई थान गोली बरामद भएको जानकारी दिए ।

    बरामद पेस्तोल प्रयोग नभएको, एक फायर पनि नभएको तथा बिलकुलै नयाँ रहेको एसपी काफ्लेले जानकारी दिए । दाङका एक जना मानिसलाई तीन लाख बेच्नका लागि दुई भारतीय नागरिकहरू जिल्ला प्रवेश गरेको गोप्य सूचनाको आधारमा सोमबार बेलुका जिल्लाको गढवा गाउँपालिका वडा नं। १ जुरौली क्षेत्रबाट उनीहरू प’क्राउ परेको एसपी काफ्लेले पत्रकार सम्मेलनमा बताए ।

    images

    जिल्ला प्रहरी कार्यालय घोराही र अस्थायी प्रहरी पोस्ट कालाकाँटे संयुक्त प्रहरी टोलीले सोमबार बेलुका पाँच बजेतिर उनीहरूलाई अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको थियो । arest  (1).jpg‘पेस्तोल किन्न खोज्ने दाङका ती व्यक्ति कल्पना नगरिएका व्यक्ति छन्,’ एसपी काफ्लेले भने ‘ ती व्यक्तिले मागेको हतियारसहित दुई जना प’क्राउ परेपछि हाल ती मानिस फरार रहेका छन् ।’

    प्रहरीका अनुसार यसअघि पनि प’क्राउ परेका व्यक्तिहरूले जिल्लामा ल्याएर अवैध रूपमा हतियार बिक्री गरेको खुल्न आएको जानकारी दिए । प’क्राउ परेका व्यक्तिहरू विरुद्ध खरखजना ऐन अन्तरगत मुद्दा चलाएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।