शुक्रबार, भाद्र २६ गते २०८३
images

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ जारी , ५४ लाख कित्ता सर्वसाधाणमा 

एक्सप्रेस पाना
श्रावण २०, २०७८ बुधबार
  • 349
    SHARES
  • सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ जारी , ५४ लाख कित्ता सर्वसाधाणमा 

    काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर आइपिओ निष्काशन गरेको छ। कम्पनीले हाल कायम जारी पूँजी २ अर्बको ३० प्रतिशत अर्थात ६० करोड रकम बराबरको सेयर जारी गरेको हो।

    images

    प्रति शेयर १०० अंकित दरका ६० लाख कित्ता शेयर मध्ये ५ प्रतिशत शेयर बराबर ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि तथा थप ५ प्रतिशत शेयर बराबर ३ लाख कित्ता कर्मचारीहरुका लागि छुट्याई बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो।

    कम्पनीको प्राथमिक निष्काशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ। कम्पनीको प्राथमिक निष्काशन आइपिओमा आवेदन गर्न चाहने इच्छुक लगानीकर्ताले आज विहान १० बजेबाट छिटोमा आइतबार अपरान्ह ५ बजे भित्र आवेदन दिन सक्नेछन्।

    images

    अवधिमा सबै शेयरका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा भदौ २ गतेसम्म शेयर बिक्री खुला रहने छ। यस्तै गरी आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ३०,००० कित्ताका लागि आस्बा सदस्य बैंक तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछ कम्पनीले जनाएको छ।