शुक्रबार, भाद्र २६ गते २०८३
images

कार्यालय परिसरभित्रै मृत भेटीए सशस्‍‍त्रका जवान, रहस्यमय घटना भएको आशंका  

एक्सप्रेस पाना
श्रावण २०, २०७८ बुधबार
  • 356
    SHARES
  • कार्यालय परिसरभित्रै मृत भेटीए सशस्‍‍त्रका जवान, रहस्यमय घटना भएको आशंका  

    काठमाडौँ । कैलालीमा एक सशस्‍‍त्र प्रहरीका एक जवान अवस्थामा भेटिएका छन्। सशस्त्र प्रहरी बल ३४ नम्बर हेडक्वार्टरमा कार्यरत ३१ वर्षीय हरीशकुमार शाहीको कार्यालय परिसरमै शव भेटिएको हो।

    images

    परिसर भित्र उत्तर पट्टीको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा बुधबार बिहान साढे ५ बजे शाहीको शव फेला परेको प्रहरीले जनाएको छ। उनको स्थायी घर डडेल्धुरा, भागेश्वर गाउँपालिका १ हो। घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीको भनाइ छ।

    ‘अहिलेसम्मको अनुसन्धानबाट शंकास्पद हो जस्तो देखिन्न। घटनास्थलबाट त्यस्तो भएको देखिन्न। तर उहाँको पृष्ठभूमि हेर्दा कहिलेकाहीँ मापसे पनि गर्ने भन्ने खुलेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले भने, ‘पोष्टमार्टमको रिपोर्ट आएपछि केही थप खुल्ला।’

    images

    शव पोष्टमार्टमका लागि सेती अस्पताल पठाइएको छ। मृतक शाहीका दुई जना बालबालिका छन्। मृत्युपछि कार्यालयमा भवितव्य ज्यान मुद्दामा जाहेरी प्राप्त भइसकेको विष्टले बताए।