शुक्रबार, भाद्र २६ गते २०८३
images

शेयरमूल्यमा अग्रता कायम राख्ने ११ कम्पनीहरु , जसको कारोबार अहिलेसम्मकै उच्च   

एक्सप्रेस पाना
श्रावण २०, २०७८ बुधबार
  • 402
    SHARES
  • शेयरमूल्यमा अग्रता कायम राख्ने ११ कम्पनीहरु , जसको कारोबार अहिलेसम्मकै उच्च   

    काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से १२.५ अंकले बढेर तीन हजार एक सय २३ दशमलब १५ विन्दुमा पुगेको छ । त्यस्तै आज कारोबार रकम पनि बृद्धि भएको छ । आज १५ अर्ब ५९ करोड ५७ लाख बराबरको कारोबार भएको छ भने ११ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।     

    images

    शेयरमूल्य बढ्ने कम्पनीहरुमा अपि पावर कम्पनी, खानि खोला हाइड्रोपावर कम्पनी, दिव्याश्री हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, अप्पर तामाकोशी, घलेम्दी हाइड्रो र युनियन लाइल इन्स्योरेन्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

    त्यस्तै, आज जीवन विकास लघुवित्त वित्तिय संस्था, नारायणी डेभलपमेन्ट बैंक, सान्जेन जलविद्युत कम्पनी र आँखुखोल जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  

    images