शुक्रबार, भाद्र २६ गते २०८३
images

ग्लोबल आईएमई लघुवित्तको नयाँ शाखा विस्तार, कुन-कुन स्थानमा राख्ने ?

एक्सप्रेस पाना
श्रावण २२, २०७८ शुक्रबार
  • 469
    SHARES
  • ग्लोबल आईएमई लघुवित्तको नयाँ शाखा विस्तार, कुन-कुन स्थानमा राख्ने ?

    काठमाडौँ । पोखरा महानगरपालिका २६ स्थित विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ वटा शाखा कार्यालय बिस्तार गरेको छ । संस्थाले बांकेको ढकेरी शाखा, सप्तरीको छिन्नमस्ता शाखा, रोल्पाको त्रिवेणी शाखा, रुपन्देहीको बनगाई शाखा, ओखलढुङ्गाको लिखु शाखा, उदयपुरको चुहाडे शाखा तथा झापाको धुलाबारी शाखा गरी ७ वटा शाखा कार्यालय विस्तार गरेको हो । 

    images

    यी शाखासँगै लघुवित्त संस्थाको १०८ वटा शाखा कार्यालयहरुबाट थप सेवा प्रदान गर्न सुरु गरिसकेको छ ।  साथै, यस संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री सेवा दिने उद्देश्यले आईएमई–पे तथा ई–सेवासंग समन्वय गरी आफ्ना सदस्यहरुसंग आर्थिक कारोबार गर्न शुरु गरेको छ ।

    यस संस्थाले हाल एक लाख २६ हजार ९९४ जना सदस्यहरुलाई लघुवित्त वित्तीय सुविधा प्रदान गरेको छ भने संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई ६ अर्ब ३७ करोड ११ लाख रुपैंया बराबर कर्जा लगानी गरेको छ । यसैगरी यस लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुसंग २ अर्ब १५ करोड ७२ लाख  रुपैयाँ निक्षेप संकलन गरेको छ ।    

    images