शुक्रबार, भाद्र २६ गते २०८३
images

यस्ता ५ कम्पनी, जसको शेयर नेप्सेमा सुचीकृत भयो  

एक्सप्रेस पाना
श्रावण २२, २०७८ शुक्रबार
  • 371
    SHARES
  • यस्ता ५ कम्पनी, जसको शेयर नेप्सेमा सुचीकृत भयो  

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा पाँच कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार नाडेप लघुवित्त वित्तीय संस्था, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । 

    images

    नेप्सेका अनुसार शुक्रबार नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको ३ लाख ६८ हजार कित्ता, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनस बापतको एक लाख ४६ हजार ८९ दशमलव १ कित्ता, रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको ८ लाख ३२ हजार ४ सय १६ दशमलव ०६ कित्ता र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८ लाख २१ हजार एक सय ४५ दशमलव ६० कित्ता शेयर सूचीकृत भएको हो ।