शुक्रबार, भाद्र २६ गते २०८३
images

लागु औषधसहित वीरगञ्‍जबाट चारजना पक्राउ,को हुन् उनीहरु ?  

एक्सप्रेस पाना
श्रावण २२, २०७८ शुक्रबार
  • 606
    SHARES
  • लागु औषधसहित वीरगञ्‍जबाट चारजना पक्राउ,को हुन् उनीहरु ?  

    काठमाडौँ । प्रहरीले विभिन्‍न लागु औषधसहित चारजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका ९का ४५ वर्षीय जितेस प्रसाद श्रीवास्तव, काठमाडौं महानगरपालिका ३ का ३२ वर्षीय विमल श्रेष्ठ, हेटौंडा उपमहानगरपालकिा ११ का २१ वर्षीय डेनिएल तामाङ र हेटौंडा उपमहानगर ४ कै २७ वर्षीय विकास देउला रहेका छन् ।

    images


    वीरगञ्जमहानगरपालिका १६ बसपार्क स्थित कार्यालय मातहत वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार दिउँसो २ः३० बजे १०० एमएलको २३१ बोतल लागुऔषधसहित जितेस प्रसाद श्रीवास्तवको साथबाट बरामद गरेको छ ।

    यस्तै साउन २० गते वीरगञ्‍ज महानगरपालिका १६ शंकराचार्यबाट काठमाडौं सितापाइलका ३२ वर्षीय विमल श्रेष्ठ र हेटौंडाका २१ वर्षीय डेनियल तामाङको साथबाट स्कुटीको डिकीमा लुकाएर ल्‍याएको लागु औषध नुर्फिन ३० एम्पुल, डाइजेपाम ३० एम्पुल र फेनारगन ३० गरी ९० एम्पुल प्रहरीले बरामद गरेको छ ।

    images

    यस्तै साउन २१ गते बिहीबार वीरगञ्‍जको जयन्तीचोकबाट हेटौडाका २७ वर्षीय विकास देउलाको साथबाट कोडिन फस्फोट सिरफ १०० एमएलको ३३ बोतल, नाइट्राभेट ७५ ट्याबलेट र स्पाकोर भोनप्लस ८ प्रहरीले बरामद गरेको जनाएको छ ।

    पक्राउ परेका उनीहरुलाई लागु औषधसम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।