शुक्रबार, भाद्र २६ गते २०८३
images

देशभर मौसम बदली, कहाँ कहाँ छ भारी वर्षाको सम्भावना ? 

एक्सप्रेस पाना
श्रावण २४, २०७८ आइतबार
  • 332
    SHARES
  • देशभर मौसम बदली, कहाँ कहाँ छ भारी वर्षाको सम्भावना ? 

    काठमाडौँ । आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    भारी वर्षाका कारण आज पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    महाशाखाका अनुसार आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

    images

    यसैगरी, आइबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।