शुक्रबार, भाद्र २६ गते २०८३
images

सानिमा लाईफको आईपीओ खरिद अन्तिम दिन, कति पुग्यो भर्नेको संख्या ?

एक्सप्रेस पाना
श्रावण २४, २०७८ आइतबार
  • 343
    SHARES
  • सानिमा लाईफको आईपीओ खरिद अन्तिम दिन, कति पुग्यो भर्नेको संख्या ?

    काठमाडौँ ।  साउन २० गतेदेखि विक्रीमा आएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको कम्पनीको  आईपीओ छिटो अवधिभित्र मात्र विक्रीमा रहने भएको हो ।  

    images

    कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको कुल रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको ५४ लाख कित्ता शेयर खरिदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । 

    आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाटसँगै मेरोशेयर सफ्टवेयर तथा एप मार्फत समेत यो आईपीओेमा आवेदन दिन सकिनेछ ।

    images

    कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । नयाँ जीवन बीमा कम्पनीको रुपमा २०७४ साल मंसिर २२ गतेदेखि व्यवसायिक यात्रा सुरु गरेको कम्पनीले रू. २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्न आईपीओको सहारा लिएको हो । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी रू. २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ । 

    हाल रू.१ अर्ब ४० करोड चुक्तापूँजी रहेकोे कम्पनीको आईपीओ पश्चात कम्पनीको बीमा समितिले तोके बराबरको पूँजी कायम हुनेछ । जेठ ९ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको कम्पनीले असार ३१ गते बोर्डबाट अनुमति पाएको हो । कम्पनीको आर्थिक वर्ष २०७६\ ७७ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू.१०९ दशमलव ६७ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा रू. १० करोड ४८ लाख ६० हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १० रहेको छ ।