शुक्रबार, भाद्र २६ गते २०८३
images

सुनचाँदीको मूल्य ह्वातै घट्यो,कति छ आजको बजारभाउ ?

एक्सप्रेस पाना
श्रावण २४, २०७८ आइतबार
  • 326
    SHARES
  • सुनचाँदीको मूल्य ह्वातै घट्यो,कति छ आजको बजारभाउ ?

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य ह्वातै घटेको छ । गत हप्ताको शुक्रबारको तुलनामा आइतबार अधिकतम १५ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको हो भने चाँदी प्रतितोला २५ रुपैयाँले घट्दै एक हजार २४० रुपैयाँमा झरेको हो । 

    images


    जबकी गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत अधिकतम १ हजार ४५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँमा झरेको छ । 

     

    images