काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभाव परेको छ । अहिले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालमा मनसुनी वायुको प्रभावका कारण सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका स्थानमा पहाडी भू भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।


