काठमाडौँ । आज दिउँसो पठाओ ट्याक्सी निःशुल्क चढ्न पाइने भएको छ । राइड सेयरिङ एप पठाओले आज दिउँसो नि शुल्क ट्याक्सी चढ्न सक्ने व्यवस्था मिलाएको हो । पठाओ कार लाइट ट्याक्सी को दोस्रो एनिभर्सरीको अवसर पारेर दिउँसो २ बजेदेखि दुई बजेर २ मिनेटसम्म सो अफर लागू गरिएको हो।
सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत कार लाईट ट्याक्सी बुकिङ गर्ने सबै सेवाग्राहीले निःशुल्क ट्याक्सी चढ्न पाउने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए। पठाओमा ८ हजार ट्याक्सी आबद्ध भएको भन्दै हाल दैनिक २ हजार ५ सयले सक्रियरूपमा सेवा लिइरहेको बस्न्यात बताउँछन्।
एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ समेत गर्न नपर्ने हुँदा राइडिङ सेयरिङ एप यात्रुका लागि सहज छ। कोरोना जोखिमलाई ध्यान दिँदै पठाओले स्वास्थ्य मापदण्डलाई समेत कडाइका साथ लागू गरेको छ। नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट ट्याक्सी सेवा थालेको हो।
सन् २०२० सेप्टेम्बरबाट होटेल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको पठाओले हाल ‘पठाओ बजार’ मार्फत ग्रोसरी सामान डेलिभरी सुरु गरेको छ।
.jpg)


