शुक्रबार, भाद्र २६ गते २०८३
images

मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट, कति जनाले पाए ?

एक्सप्रेस पाना
श्रावण २६, २०७८ मंगलबार
  • 712
    SHARES
  • मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट, कति जनाले पाए ?

    काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो ।

    images

    यस कम्पनीको आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो। स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ।

    जसमध्ये ६ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर हात पारेका छन् ।

    images

    कम्पनीले कुल सात लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गरेको हो। साउन १४ उक्त बिक्री खुला भएको आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको थियो ।

    प्रतिकित्ता एक सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो ।