शुक्रबार, भाद्र २६ गते २०८३
images

जयसिंह बेपत्ता प्रकरण : ड्रोन उडाउन भारतको अनुमति पर्खंदै

एक्सप्रेस पाना
श्रावण २६, २०७८ मंगलबार
  • 635
    SHARES
  • जयसिंह बेपत्ता प्रकरण : ड्रोन उडाउन भारतको अनुमति पर्खंदै

    काठमाडौँ । महाकालीमा बेपत्ता जयसिंह धामीको ‘डेथ बडी’को खोजी गर्न सरकारले महाकाली नदीमा ड्रोन क्यामेरा उडाउन भारतीय पक्षसँग समन्वय गर्दै अनुमति माग गरेकोमा अहिलेसम्म पत्रको जवाफ फर्काएको छैन । गत शनिबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्ला अधिकारीलाई पत्रचार गरेको थियो ।

    images

    गत साउन १५ गते भारतीय एसएसबीले तुइन फुकालेर महाकालीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे छानबिन गर्न टोलीले जयसिंहको खोजी गर्न नेपाल सरकारबाट ड्रोन प्रयोग गर्ने बताएपछि ड्रोनसहितको टोली आइतबार दार्चुला पुगेको हो । भारतीय पक्षले सोमबारसम्म महाकालीमा ड्रोन प्रयोगको लागि अनुमति दिने नदिनेबारे जवाफ पठाएको छैन । सुरक्षा स्रोतका अनुसार भारतले पत्रबारे लिखित मौखिक केही भनेको छैन । अहिले ड्रोन क्यामेरा नेपालतिरकै भूभागबाट प्रयोग गर्ने नेपाली पक्षको तयारी छ ।

    गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा गठित छानबिन समिति मङ्गलवार घटनाबारे थप बुझ्न बैतडी पुगेको छ । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने तथा जयसिंहको श’व खोजीको लागि सहकार्य गर्न यहाँ गएको हो । उनीहरूले महाकाली नदीसँग जोडिएका जिल्लाहरूका सुरक्षा अधिकारीसँग भेटघाट गर्नेछन् ।

    images

    सरकारले छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको छ । गत साउन १७ गते गठित छानबिन समितिले बुधवार सम्म सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने छ । समितिले अझै काम सकेको छैन । छानबिन समिति बैतडी महेन्द्रनगर हुँदै काठमाडौँ फर्किने समितिका सदस्य एवं दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिनुभयो ।

    सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।  

    यस्तै  छानबिन समितिले जिल्लामा रहँदा नेपाल भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो ।