बुधबार, कार्तिक १९ गते २०८३
images
images

अभिनेता पल शाहले गरे आत्मसमर्पण

एक्सप्रेस पाना
फाल्गुण १५, २०७८ आइतबार
  • 404
    SHARES
  • अभिनेता पल शाहले गरे आत्मसमर्पण

    फागुन १५ तनहुँ । नाबालिका बलात्कार आराेपी अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । चार दिनअघि बलात्कार आराेपमा तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि उनी प्रहरीकाे फरार सूचीमा थिए । 

    images

    यसैबीच, जाहेरी परेकै प्रहरी कार्यालयमा आइतबार उनले आत्मसमर्पण गरेका हुन् । तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले आराेपी शाह प्रहरी नियन्त्रणमा रहेकाे पुष्टि गरे । `उनी हामीसँगै छन् । अनुसन्धान अघि बढेकाे छ । थप विवरण केही बेरपछि सार्वजनिक गर्छाैँ,´ खड्काले न्युज कारखानासँग भने । 

    प्रत्यक्षदर्शीका अनुसार उनी आफैँ प्रहरी कार्यालय छिरेका थिए । उनले आफूमाथि लागेकाे आराेपलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएका छन् ।न्युज कारखाना 

    images