बुधबार, कार्तिक १९ गते २०८३
images
images

९ वर्षीया बालिका र १५ वर्षीया किशोरी बलात्कृत 

एक्सप्रेस पाना
फाल्गुण १९, २०७८ बिहीबार
  • 186
    SHARES
  • ९ वर्षीया बालिका र १५ वर्षीया किशोरी बलात्कृत 

    फागुन १९ काठमाडौं । ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा कोञ्ज्योसोम गाउँपालिका-२ शंखु बस्ने २८ वर्षीय सन्तमान थोकरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    images

    थोकरले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस्तै, झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा भद्रपुर नगरपालिका–४ करेला चोक बस्ने १९ वर्षीय रमेश लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    images

    लिम्बुले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।