बुधबार, कार्तिक १९ गते २०८३
images
images

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण २५, २०७८ बुधबार
  • 177
    SHARES
  • जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    फागुन २५ काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका-२ जिरोमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका-४ घर भएका २८ वर्षीय प्रहरी जवान हिरालाल थारु रहेका छन् । उनी ईलाका प्रहरी कार्यालय हाकुरे दरबन्दी भइ अस्थाई प्रहरी पोष्ट बनगाई दाङमा कार्यरत थिए । 

    जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images

    मंगलबार बेलुकी सवा ७ बजे लु १ च ८१  १९ नम्बरको स्कारपियो जिपले घर बिदा सकाएर कार्यालय तर्फ फर्किदै गरेका थारु सवार भे ५ प ७१ ५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिप सहित चालकलाई प्रहरी चौकी अगैयाले नियन्त्रणमा लिएको छ ।