काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर आईपीओमा आवेदन खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित आईपीओ निष्कासन गरेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ। लघुवित्तले ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर ल्याएको हो। जस मध्ये कम्पनीले १९ हजार ६ सय ८८ कित्ता सेयर म्युचुअल फण्डलाई र ५ हजार ४ सय ६९ कित्ता शेयर कर्मचारीलाई छुट्याएरको छ।
भने बाँकी रहेको ६ लाख ६८ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गर्नेछ। कम्पनीको आईपीओ आजबाट निष्कासन भई छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गते बन्द हुनेछ।


