आइतबार, भाद्र २८ गते २०८३
images

अन्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्राण्ड एम्बेस्डर

एक्सप्रेस पाना
चैत्र ५, २०७८ शनिबार
  • 503
    SHARES
  • अन्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्राण्ड एम्बेस्डर

    चैत ५ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड तथा ए डिभिजन लिग क्लब मनाङका कप्तान अन्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । ललितपुर सानेपास्थित स्कुल परिसरमा शनिबार आयोजित कार्यक्रमबीच अन्जनलाई खेलकुददूतको रुपमा सार्वजनिक गरिएको हो ।

    images

    स्कुलका अध्यक्ष विनोद यादव र अन्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अवधि दुई वर्षको छ । सम्झौतासँगै अन्जनले स्कुलको एकेडेमी तथा खेलकुद विकासमा सहयोग गर्ने छन् । 

    स्कुलसँग सम्झौता गर्न पाउँदा हर्षित भएको विष्टले बताए । उनले भने, ‘यससंगै अब स्कुलको एकेडेमी संचालनका लागि मैले सहयोग गर्नेछु ।’ एन्फा एकेडेमी उत्पादन अन्जनले नेपालको युथ टिम हुँदै हाल राष्ट्रिय टोलीका नियमित खेलाडी हुन् । उनी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) टिम झापा एफसीका मार्की खेलाडी समेत हुन् ।

    images

    अन्जन सम्मिलित नेपाली टिमले यु–१९ साफ च्याम्पियनसिप, १२औँ  दक्षिण एशियाली खेलकुद (साग) बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप जितेको थियो । यस्तै, घरेलु मैदानमा भएको थ्रि नेसन्स कपको उपाधि हात पारेको छ । 

    कार्यक्रमको मुख्य अतिथिको रुपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंह रहेका थिए । उनले कार्यक्रमका लागि स्कुल र अन्जनलाई बधाई दिँदै एन्फा स्कुल प्रतियोगितामा सहभागी हुन माछापुच्छ्रे स्कुललाई आग्रह गरे ।