सोमबार, कार्तिक १७ गते २०८३
images
images

‘राजु राजा राम’ बाट छुटेका अनुहार भुवन केसी र शिव श्रेष्ठ १६ वर्षपछि ‘डाँडाको बरपीपल’मा 

एक्सप्रेस पाना
श्रावण २८, २०७८ बिहीबार
  • 422
    SHARES
  • ‘राजु राजा राम’ बाट छुटेका अनुहार भुवन केसी र शिव श्रेष्ठ १६ वर्षपछि ‘डाँडाको बरपीपल’मा 

    काठमाडौँ । निर्देशक शोभित बस्नेतको ३१ औं फिल्म ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुबन्धित भएका छन्। निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै फिल्म छायांकनको सेड्युल तय गरेको छ। दोस्रो लकडाउनका कारण फिल्मको छायांकन अगाडि बढ्न सकेको थिएन।

    images

    आगामी भदौ ५ बाट छायांकन सुरु हुने फिल्मको छायांकन अवधि ६० दिनको रहनेछ। फिल्म काठमाडौं र चित्लाङ आसपासमा खिचिनेछ। फिल्ममा यसअघि नै शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमार कटेल फाइनल भइसकेका छन्।

    करिब १६ वर्षपछि भुवन र शिवले सहकार्य गर्न लागेका हुन्। यी दुई अभिनेताले वि.सं.२०६२ सालको फिल्म ‘राजु राजा राम’मा सँगै अभिनय गरेका थिए। बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी रहनेछ।

    images