चैत ११ काठमाडौं । पछिल्लो समय नेपाली लोक सांगीतिक क्षेत्रमा युवाहरुको बढ्दो आर्कषण रहेको पाइन्छ । त्यसो त अहिलेको युवापुस्ताले हाम्रो लोपोन्मुख गीत संगीत र सस्कृतिको जगेर्ना गर्नु दायित्व पनि हो । यस्तै पछिल्लो केहि दिन अघि मात्रै सिन्धुपाल्चोक जिल्ला बलेफी गाँउपालिका स्थायी घर भै हाल काठमाडौलाई कर्मथलो बनाउदै आएका दिपक कार्कीको आवाजमा रहेको पहिलो गीत बजारमा आएको छ ।
दिपकले लोकप्रिय गायक बसन्त साहीको साथ, सहयोग र उहाँको प्रेरणाले एउटा गीत गाउने अवसर पाए । उनले भने “लेकको चरि” बोलको गीतमा पहिलो पटक आफ्नो आवाज प्रवाह गरे । जसमा आफ्नो पहिलो गीतको अनुभव पनि साट्ने अवसर पाए ।

उक्त क्रममा उनले भने, 'मलाई पहिले देखि नै लोक गीत खुब मनपर्छ र मैले कहिले काँही समय मिलेसम्म गुनगुनाउने गरिरहेको छु । विगतमा म गाउँको बसाईमा रेडियो तिर आउने कायक्रम, उकाली ओराली, स्कुल मेला पात जस्तो विभिन्न ठाउँमा गीत गाउने गरेको थिए । तर काठमाडौंमा आएपछि भने आफ्नो गायनलाई निरन्तरता दिन भने समय निकाल्न सकिन् ।'
यस्तो छ कार्कीको पहिलो आवाजको गीत
लोकप्रिय गायक सन्त शाहि र सुमन श्रेष्ठको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यस गीतले नेपाली लोक दोहोरी, त्यसमाथि पनि काँठ क्षेत्रमा छुट्टै छलाङ्ग मार्ने अनुमान गर्न सकिन्छ ।
किन कि यस गीतको लय शब्द गायकी र भिडियो मेकिङ्ग पनि निकै मझबुद रहेको छ । गीतमा गायक बसन्त शाहि ,दिपक कार्की र गायिका प्रिया सेन्चुरिको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय शब्द उनै ख्यातिप्राप्त सर्जक बसन्त शाहिले लेखेका हुन् ।

यो गीतलाई नारायण दङ्गालले एरेन्ज गरेका छन् । रेकर्डिङ स्टुडियोमा सोजिता अधिकारिले रेकर्ड गरेका हुन । भने प्रेमदिप रामजालिले मिक्सिङ्ग गरेका हुन । गीतमा भिडियोमा सन्तोष तिमल्सिनाको छायाँकन रहेको छ भने भिडियोमा रोशन धितालको सम्पादन छ ।
“लेकको चरि” बोलको गीतको म्युजिक भिडियोमा अनु पराजुली, सरोज गडाईलि र सुमन श्रेष्टको आकर्षक अभिनय देख्न सकिन्छ । उक्त भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका छ्न भने गीतको भिडियो च्यानलमार्फत milan flim production youtube channel सार्वजनिक गरिएको छ । बसन्त शाहीको लयमा रहेको यो गीत बसन्त युटूब च्यानबाट बजारमा आएको छ ।
गीत पछि कार्कीको प्रतिक्रिया र सल्लाह सुझाव
लोक गीत तथा नेपाली काठे भाकाहरु मलाई धेरै मन पर्छ म समय मिलाएर सुन्ने गरेको छ । विशेषत म गीतको प्रतिकृयामा कुरा गर्दा भेरै अग्रज ब्यक्तिहरुले राम्रो सल्लाह सुझवा र प्रतिकृया पाएको छु । मलाई यस्तो अवसर दिएकोमा बसन्त शाही दाजु प्रति म आभार प्रकट गर्न चाहन्छु ।
मेरो अनुभव म नयाँ मान्छेले यति ठूलो टिम सँग काम गर्दा निकै रमाईलो महशुस गरे । धेरै जस्तो अग्रज ब्यक्तिहरुले नयाँ मान्छेसँग काम गर्दा अलि सहयोग नगरेको मैले धेरै क्षेत्रमा देखेको थिए । तर मलाई यहाँ यस्तो अभाव भने भएन् । विशेषत मलाई यो पहिलो गीतको यात्रामा गायक बसन्त शाही र मेरो अंकल तथा मोडल आर्यन कार्कीले ठूलो साथ र हैसला प्रदान गर्नु भयो । पहिलो पटक जाने हो रहर अनुसार काम गरे अनुभव लिइ काम गर भनेर सल्लाह गर्नु भयो ।

उनी थप्छ्न - पहिलो पटक स्टुडियोमा गीतगाउँदा...
म पहिलो पटक गीत गाउँन जादा मलाई मनमा केही डर र केही हल्का काम छुटेको अनुभव पनि साटे, म बिशेष गरि पार्वती कार्की, संगम थापा, प्रतिमा अर्याल गितादेवी लगाएतको गीत सुन्ने गरेको थिए ।
यो गीत गाउँदा म भन्दा पनि मेरो आफ्नत, घर परिवार साथी भाई लगायत मैले गीत गाउँदा सबै जना खुसी हुनु भएको छ । तपाईहरुकै माया र सदभावले पक्कै पनि अर्को गीत बजारमा ल्याउने छु ।
यो गितको भिडियो हेर्न तल क्लिक गर्नु होला-


