सोमबार, कार्तिक १७ गते २०८३
images
images

किसान र उद्योगीले अर्गानिक प्रमाणीकरण र नवीकरणका लागि सरकारसँग गरे आग्रह

एक्सप्रेस पाना
आषाढ २४, २०७८ बिहीबार
  • 663
    SHARES
  • किसान र उद्योगीले अर्गानिक प्रमाणीकरण र नवीकरणका लागि सरकारसँग  गरे आग्रह

    इलाम, असार २४ गते । इलाम, तेस्रो मुलुक निर्यात हुने नेपाली चियाको अर्गानिक प्रमाणीकरणमा सहयोग गर्न किसान र उद्योगीले सरकारसँग आग्रह गरेका छन् । चिया उत्पादन र निर्यातको मुख्य सिजनको समयमा निषेधाज्ञाले असहज हुँदा अर्गानिक प्रमाणीकरण र नवीकरणका लागि सरकारसँग आग्रह गरेका हुन् ।

    ग्रिन टी, गोल्डन टी, ह्वाइट टी, ओलङ टी गरी विभिन्न स्वादमा बनाइने चिया विदेशीले धेरै मन पराए पनि उनीहरूको एउटै मात्र सर्त अर्गानिक चियाको मापदण्ड पु¥याउन भने किसानले लाखौँ खर्चेर पनि वर्षौं कुर्नुपर्ने हुन्छ । विदेशीले अर्गानिक चिया नै रुचाउन थालेपछि साना किसान, सहकारी तथा उद्योग आफैँले चियालाई पूर्ण अर्गानिक बनाउने अभ्यास गरिरहेका छन् तर कम्तीमा तीन÷चार वर्ष अर्गानिकको यो अभ्यास गरिरहँदा खर्च धान्न भने निकै मुस्किल पर्ने गरेको किसान बताउँछन् ।

    अहिलेसम्म साँखेजुङस्थित साङ्ग्रिला चिया कारखाना, सुन्दरपानीको गोर्खा टी स्टेट, पाँचथरको कञ्चनजङ्घा टी स्टेट, माईपोखरीको सन्दकपुर चिया कारखाना, जसवीरे चिया कारखाना, देउमाईको ब्रर्दस चिया उद्योगले विदेशी संस्थाहरू नासा, आईओएम र सेरेसबाट अर्गानिक प्रमाणीकरणको प्रमाणपत्र लिइसकेका छन् ।
    यस्तै साँखेजुङको उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, गोर्खा टी स्टेटअन्तर्गत सुन्दरपानी चिया उत्पादक सहकारी संस्था, कोलबुङस्थित इको सहकारी संस्था, पञ्चकन्याको हिमशिखर चिया उत्पादक सहकारी संस्थाले नासाबाट अर्गानिक प्रमाणीकरण गराइसकेका छन् । साँखेजुङको ग्रिन हिल, चमैताको तीनजुरे सहकारी संस्था, फिक्कलको इलामेली चिया उत्पादक सहकारी संस्था, जीतपुरको अजम्बरे, देउराली र नवमी चिया उत्पादक सहकारी संस्थाले भने अर्गानिक प्रमाणीकरणका लागि युरोपेली अर्गानिक एजेन्सी सेरेस र आईओएमबाट भर्खरै मात्र अर्गानिक प्रमाणीकरण अन्तिम चरणमा रहेको केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ । “इलामका मात्रै १६ वटा सहकारी अर्गानिक प्रमाणीकरण गरिसकेका छन् तर समस्या अब नयाँ प्रमाणीकरण गराउने र नवीकरण गर्नेहरूकै छ।

    images