आइतबार, भाद्र २८ गते २०८३
images

कतार विश्वकप ड्र : पोर्चुगल र उरुग्वे एकै समूहमा

एक्सप्रेस पाना
चैत्र १८, २०७८ शुक्रबार
  • 731
    SHARES
  • कतार विश्वकप ड्र : पोर्चुगल र उरुग्वे एकै समूहमा

    एजेन्सी । एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को समूह चरणको ड्र सार्वजनिक भएको छ । कतारमा आज आयोजित ड्र समारोहमा पोर्चुगल र उरुग्वे एउटै समूह एच मा परेका छन् । यस्तै स्पेन र जर्मनी दुवै समूह ई मा परेका हुन् ।

    images

    यता आयोजक कतार, नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर एकै समूहमा परेका छन् । त्यस्तै इंग्ल्यान्डले अमेरिका, इरान र युरोपेली प्लेअफको विजेतासँग खेल्नेछ । उक्त प्लेअफमा वेल्सले सक्टल्यान्ड र युक्रेनको विजेतासँग खेल्नेछ ।

    साविक विजेता फ्रान्सको समूहमा डेनमार्क, ट्युनिसिया तथा अन्तर महादेशीय प्लेअफको पहिलो खेलको विजेता खेल्नेछन् । उक्त प्लेअफमा अष्ट्रेलिया र यूएईको विजेताले पेरुसँग खेल्नेछ ।

    images

    यस्तो छ प्रत्येक समूहको प्रतिद्वन्द्वी - (समूह ए): कतार, नेदरल्याण्ड्स, सेनेगल, इक्वेडर

    (समूह बी): इङ्गल्याण्ड, अमेरिका, इरान, वेल्स/स्कटल्याण्ड/युक्रेन

    (समूह सी): अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

    (समूह डी): फ्रान्स, डेनमार्क, ट्युनिसिया, पेरु/अष्ट्रेलिया/युएई

    (समूह ई): स्पेन, जर्मनी, जापान, कोस्टारिका/न्युजिल्याण्ड

    (समूह एफ): बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

    (समूह जी): ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन

    (समूह एच): पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना