आइतबार, भाद्र २८ गते २०८३
images

दिपेन्द्रको सानदार शतकमा मलेसियालाई नेपालको विशाल लक्ष्य

एक्सप्रेस पाना
चैत्र १९, २०७८ शनिबार
  • 423
    SHARES
  • दिपेन्द्रको सानदार शतकमा मलेसियालाई नेपालको विशाल लक्ष्य

    चैत १९ काठमाडौं । दिपेन्द्रको सानदार शतक र युवा ब्याटर रोहित कुमार पौडेलको अर्धशतकमा नेपालले मलेसियालाई २२४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    images

    त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा कीर्तिपुरस्थित टियु मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ थालेको हो । जसमा नेपालले ५ विकेटको क्षेतिमा २२३ रन बनाएपछि मलेसियाले २२४ रनको विशाल लक्ष्य पाएको हो ।

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक उनले ११० रनको शतकीय इनिङ पूरा गरे ।दिपेन्द्रले ५५ बल १० चौका र ५ छक्कासहित शतक पूरा गरे । यस्तै युवा ब्याटर रोहितले ५१ रनको अर्धशतकीय इनिङ पूरा गरे उनले ३२ बल ५ चौकासहित ५० रन पूरा गरेका हुन् । यता ओपन कुशल भुर्तेल १२, आशिफ शेख १८ र महमोद आलामले १४ रनको योग्दान दिए ।

    images

    मलेसियाको लागि मोहम्मद वाफिक, मोहम्मद आमिर , स्याजरुल इद्रुस र पवनदीप सिंहले समान १/१ विकेट लिए ।