आइतबार, भाद्र २८ गते २०८३
images

ला लिगा : बेन्जेमा चम्किदा रियलको जित

एक्सप्रेस पाना
चैत्र २०, २०७८ आइतबार
  • 467
    SHARES
  • ला लिगा : बेन्जेमा चम्किदा रियलको जित

    एजेन्सी । फ्रेन्च फरवार्ड करिम बेन्जेमा चम्किएको खेलमा रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई २-१ अन्तरले पराजित गरेको छ । 

    images

    शनिबार राति भिगोको घरेलु मैदानमा दुबै गोल बेन्जेमाले गरे । भिगोको लागि नोलिटोले १ गोल फर्काए ।

    खेलको १९औं मिनेटमा बेन्जेमाको पेनाल्टीमा अग्रता बनाए । ५२औं मिनेटमा नोलिटोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । ६४औं मिनेटमा बेन्जेमा पेनाल्टीमा चुके । तर पुनः ७०औं मिनेटमा बेन्जेमाले पेनाल्टीमै गोल गर्दै रियलको जित पक्का गरे ।

    images

    उक्त जितसँगै रियलले ३० खेलबाट ६९ अंक सहित शीर्ष स्थानमा बलियो पकड जमाएको छ । सेल्टा भने ३६ अंक जोडेर ११औं स्थानमा छ ।

    गय राति नै भएको खेलमा एट्लेटिको मड्रिडले डिपोर्टिभो अलाभेसलाई ४-१ अन्तरले पराजित गर्यो । लुइस स्वारेज र जाओ फेलिक्सले समान २/२ गोल गरे । जितपछी समान ५७ अंक भएपनी एट्लेटिको तेस्रो स्थानमा रहेको छ ।