शुक्रबार, भाद्र २६ गते २०८३
images

जीवन

एक्सप्रेस पाना
चैत्र २०, २०७८ आइतबार
  • 567
    SHARES
  • जीवन

    'अटुट दुखाई बाट पनि जीवनको
    गन्तव्य खुसीमा ढल्न करै लाग्छ' 
    यात रहरले होस् या कहले होस्
    हासेर हिड्न बाध्य हुन्छ ।

    images

    ठिङ्ग आफ्नै सामुन्नेमा 
    उभिएको देख्छु प्रश्नहरु
    आखिर अन्तिम श्वासको पर्खाई सम्म पनि
    सामना नै हुनेछ प्रश्नहरु

    त्यसैले आफुले आफैलाई हराउन नदेउ हिनतामा
    पुरै संसार तिमि भित्र नै लुकिरहेको छ तिम्रै मौनतामा

    images

    नखोज उम्कनहतार हतार बाटो छ धेरै दुरमा 
    घुलिरहेछ प्रत्येक हिस्सा आफ्नै सुरमा

    नसोच यो पनि ठूला औकातबाला सबै मेरै हुन् ।
    आखिर तिनै ठुलाले धोका दिन्छन् कुनै दिन

    दुःखलेनै सिकाउछ जीवनलाई धेरै आधार त 
    के खुसी,उमगं र बैभवशाली मात्रै जीवन हो त ?

    चट्टान र पानीका छालबाट निस्किएका हिरा र मोती
    कुन फुलमा भेटिन्छ सुन्दरता हिलोमा नै आसित कमल जति

    टलपल शितको थोपा निमेशैमा विलिन हुन्छ ।
    थाहा छैन त्यो थोपनले अर्को बिहानी सुनौलो पारिदिन्छ ।
    त्यसेले मलाई यही त हो जीवन जस्तो लाग्छ ।

    लेखक : अन्जना कोइराला (पोखरेल)