'अटुट दुखाई बाट पनि जीवनको
गन्तव्य खुसीमा ढल्न करै लाग्छ'
यात रहरले होस् या कहले होस्
हासेर हिड्न बाध्य हुन्छ ।
ठिङ्ग आफ्नै सामुन्नेमा
उभिएको देख्छु प्रश्नहरु
आखिर अन्तिम श्वासको पर्खाई सम्म पनि
सामना नै हुनेछ प्रश्नहरु
त्यसैले आफुले आफैलाई हराउन नदेउ हिनतामा
पुरै संसार तिमि भित्र नै लुकिरहेको छ तिम्रै मौनतामा
नखोज उम्कनहतार हतार बाटो छ धेरै दुरमा
घुलिरहेछ प्रत्येक हिस्सा आफ्नै सुरमा
नसोच यो पनि ठूला औकातबाला सबै मेरै हुन् ।
आखिर तिनै ठुलाले धोका दिन्छन् कुनै दिन
दुःखलेनै सिकाउछ जीवनलाई धेरै आधार त
के खुसी,उमगं र बैभवशाली मात्रै जीवन हो त ?
चट्टान र पानीका छालबाट निस्किएका हिरा र मोती
कुन फुलमा भेटिन्छ सुन्दरता हिलोमा नै आसित कमल जति
टलपल शितको थोपा निमेशैमा विलिन हुन्छ ।
थाहा छैन त्यो थोपनले अर्को बिहानी सुनौलो पारिदिन्छ ।
त्यसेले मलाई यही त हो जीवन जस्तो लाग्छ ।
लेखक : अन्जना कोइराला (पोखरेल)


