आइतबार, भाद्र २८ गते २०८३
images

पहिलो हाफमा मछिन्द्र २-० ले पछि

एक्सप्रेस पाना
चैत्र २२, २०७८ मंगलबार
  • 538
    SHARES
  • पहिलो हाफमा मछिन्द्र २-० ले पछि

    चैत २२ काठमाडौं । एएफसी कप-२०२२ को समूह चरणमा स्थान बनाउनुअघि प्ले अफ खेलमा नेपालको शीर्ष डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब श्रीलंकन सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबसँग पहिलो हाफमै २-० गोलले पछि परेको छ ।

    images

    खेलको १४औं मिनेटमा मछिन्द्रका ओमोलाजा करीमले फल गरे पछि ब्लु स्टारले पेनाल्टीको अवसर पाएको थियो । जसमा १५औं मिनेटमा अरेपाडे ओम्बेबे प्रहार गरेको पेनाल्टी मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले विफल पारेका थिए ।

    त्यसको दस मिनेटपछि खेलको २४औं मिनेटमा ब्लु स्टारको लागि एके मोहम्मद इहसानले गोल गरि १-० गोलको अग्रता दिलाए । त्यस्तै खेलको २८औं मिनेटमा पुनः ब्लु स्टारको लागि शेनल सन्देशले गोल गरि खेलमा २-० गोलको अग्रता दिलाए ।

    images